
विवाह यस्तो समारोह हो दुई व्यक्ति र उनीहरूका आफन्त एकअर्कोसँग जोडिन्छन् । देश, ठाउँ तथा समुदायपिच्छे बिहेका फरक–फरक परम्पराहरु रहिआएका छन् । हरेक धर्मको पनि आफ्नै फरक रीतिरिवाज हुन्छ, जसलाई मानिसले पालना गरेका हुन्छन् । कतिपय परम्परा तथा संस्कार निकै अनौठा हुन्छन् ।

हामीकहाँ बिहे अगाडि बेहुलाबेहुलीको अनुहारमा चमक ल्याउन, जीउ सुन्दर बनाउनका लागि बेसार तथा चन्दन लेपन गर्ने, दूधले नुहाउनेदेखि मेहेन्दी लगाउने लगायतका अनेक खालका उपाय अपनाइन्छ । एउटा यस्तो देश छ जहाँ बिहे अगाडि बेहुला बेहुलीमाथि कुहेका गोलभेँडा, बिग्रिएका अण्डा, कुहिएका माछालगायतका फोहोर र दुर्गन्धित चिजहरु फ्याँकिन्छ ।
सुन्दा नै अत्याचार जस्तो लाग्ने यस्तो परम्परा स्कटल्याण्डमा छ । स्कटल्याण्डको ग्लास्गोलगायतका कतिपय क्षेत्रमा प्रचलित एक परम्परागत बिहे संस्कारअनुसार हुनेवाला बेहुलाबेहुलीलाई सबैभन्दा पहिले रुखमा बाँधिन्छ । उनीहरुको शरीरमाथि चकलेटको सिरप, दूध, पिठो, कुहिएका अण्डा, कुहिएका टमाटर तथा कुहिएका माछालगायतका वस्तुहरु खन्याइन्छ । ्
असहज लाग्ने परम्परा निभाउनुका पछाडि मानिसमा आस्था तथा मान्यताले काम गरेको छ । बेहुला बेहुलीलाई बिहे अगाडि यसरी बाँधेर दुर्गन्धित वस्तुले हिर्काएमा उनीहरुलाई खराब शक्तिबाट बचाउन सकिने विश्वास छ । यदि उनीहरूले बिहे अगाडि नै ती सबै दुर्गन्धित चिजको प्रहारको सामना गरे जीवनका सबै चुनौतीको सजिलैसँग सामना गरी सम्हाल्न सक्दछन् भन्ने मान्यता छ ।
द ब्लाकेनिंग भनिने यो परम्परा पछिल्लो समयमा युवामाझ लोकप्रिय बन्दै गएको छ । एजेन्सी