हिपमत डटकम

मंगलबार, साउन १२, २०७८ || 663  पटक पढिएको
फ़ाईल तस्बिर

कोरोना सुरु भएयता हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या झण्डै ४२ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो विवरणअनुसार कूल संक्रमितको संख्या झण्डै २० करोड छ । विश्वभर पौने ४ अर्ब डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका छ जहाँ संक्रमितको संख्या साढे ३ करोड पुगेको छ र, मृत्यु हुने ६ लाख ११ हजार छ ।

दोस्रोमा भारत छ जहाँ मृत्यु हुनेको संख्या ४ लाख २१ हजार पुगेको छ भने संक्रमित संख्या सबा ३ करोड छ ।
ब्राजिल १ करोड ९६ लाख ३२ हजार ४४३ संक्रमित, ५ लाख ४८ हजार ३४० को मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ११ हजार ७७८, रुस १ लाख ४९ हजार ७९६, बेलायत १ लाख २९ हजार ३३०, टर्की ५१ हजार, अर्जेन्टिना १ लाख ३ हजार ३५९, कोलोम्बिया १ लाख १८ हजार १८८, इटाली १ लाख २८ हजारको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!