हिपमत डटकम

मंगलबार, साउन १२, २०७८ || 536  पटक पढिएको

काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाबीच हटलाइन पुनः सुरुवात गर्ने सम्झौता भएको छ । गत वर्ष जुन महिनामा दक्षिण कोरियासँग विवाद बढेपछि उत्तर कोरियाले हटलाइन सेवा बन्द गरिदिएको थियो ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार दुवै राष्ट्रका प्रमुखले यतिबेला सम्बन्ध सुधार्न सहमति जनाएपछि हटलाइन सुचारु हुने भएको हो । कार्यालयका अनुसार उत्तरका सर्वोच्च नेता किम जोङ उन र दक्षिणका राष्ट्रपति मुन जाय इनबीच अप्रिलयता कयौंपटक पत्रमार्फत् विचार आदान–प्रदान भएको छ ।

उत्तर र दक्षिण कोरियाबीच एक बैठक असफल भएपछि दुवै देशको सम्बन्ध खराब विन्दुमा पुगेको थियो । त्यसपछि गतवर्षको जुनमा उत्तर कोरियाले हटलाइन सेवा बन्द गर्ने फैसला गरेको थियो । हटलाइन सेवा यस्तो सेवा हो जसको माध्यमबाट यी दुवै देशका नेताले सिधै एकअर्कालाई सम्पर्क गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!