हिपमत डटकम

आइतबार, साउन ०३, २०७८ || 591  पटक पढिएको

पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । अफगान राजदूत अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको शुक्रबार दिउँसो घर फर्किने क्रममा अपहरण भएको दुबै देशका विदेश मन्त्रालयले जनाएका छन्।

पाकिस्तानको इस्लामाबादमा उनकी छोरीलाई अपहरण गरी कुटपिट गरिएको बीबीसीले जनाएको छ । सिलसिलालाई अपहरणकारीले पाँच घन्टा बढी समय आफूसँग राखेका थिए। विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइएको छ । प्रहरीले उद्धार गरेर ल्याएकी सिलसिलालाई अस्पताल भर्ना गरिएको थियो। परीक्षण गर्दा उनको शरीरमा विभिन्न ठाउँमा चोट लागेको देखिएको छ।

आफ्ना राजदूतकी छोरीको अपहरण भएपछि शनिबार विज्ञप्ति निकाल्दै अफगानिस्तानको विदेश मन्त्रालयले उक्त आपराधिक कामको भत्सर्ना गरेको छ। घटनाको छानबिन गरी उनको अपहरणमा संलग्नलाई जतिसक्दो छिटो कानुनी दायरामा ल्याउन पनि अफगानिस्तानले माग गरेको छ। आफ्ना कूटनीतिज्ञको सुरक्षा सुनिश्चित गर्न पनि अफगानिस्तानले भनेको छ।

पाकिस्तानले अफगान राजदूतको सुरक्षा बढाइएको र प्रधानमन्त्री इमरान खान अपराधीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन भनेको बताएको छ।

राजदूतकी छोरीलाई कसले अपहरण गरेको हो भन्ने अझै खुलिसकेको छैन। पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी र नाटो मुलुकका सैनिकहरू फिर्ता भएपछि त्यहाँ हिंसाका घटना बढेका छन्।एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!