काठमाडौं । कान्तिपुर टिभीबाट सञ्चालन हुने नेपाली कमेडी रियालिटी शो ‘द कमेडी च्याम्पियन’मा प्रतिस्पर्धा गरिरहेका भारतको सिक्कीमबाट आएका विक्की अग्रवाल सिक्कीमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले पाँच लाख भारु सहयोग गरेका छन् ।

कमेडी च्याम्पियनको उत्कृष्ट ८ को दौडमा रहेका विक्कीलाई जिताउनको निम्ती उनले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

जनताको भोटबाट सर्वोत्कृष्ट छनोट हुने भएकाले प्रतिस्पर्धीहरुका लागि आर्थिक संकलन महत्वपूर्ण हुन्छ । सिक्किममा विक्कीलाई भोट गर्न अभियान नै चलाइएको छ । यसै सिलसिलामा गोलेले विक्कीका अभिभावकलाई भेटेर पाँच लाख दिएका हुन् ।

मुख्यमन्त्री गोले तथा सिक्किम चलचित्र विकास बोर्डले अग्रवाललाई प्रतियोगितामा सफलताका लागि शुभकामना दिएका छन् । विक्की कमेडी च्याम्पियनको टप ७ मा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!