हिपमत डटकम

शुक्रबार, साउन ०१, २०७८ || 1161  पटक पढिएको

जिन्दगीको हिँडाइ
कोही एक्लै हिँड्छन्
कोही युगल भई हिँडछन्
कोही समूहमा हिँड्छन्
आखिर हिँडनु नै छ
समयसँगै

कोही लक्ष्य साँधेर
निश्चित दिशातिर
कोही लक्ष्यविहीन
आशा निराशाको दोसाँधमा

अहँ! हुँदो रहेनछ हिँडाइको अन्त्य
पुगिँदो रहेनछ त्यो सोचेको गन्तव्य
कतिसम्म कमाए पुग्छ?
कतिसम्म सुख भए हुन्छ?
सीमा नै छैन त्यसको
नहुँदा भए हुन्थ्यो जस्तो
हुँदाखेरी अझ भए हुन्थ्यो जस्तो
खै त यसको पूर्णबिराम?
खै त मनको विश्राम?
न त रात न त दिन
कुदिरहन्छन् मानिसहरू
गुडिरहन्छन् मोटरमा
उडिरहन्छन् प्लेनमा
चलिरहन्छन् मेशिनसँगै
आ-आफ्नै हिसाबकिताब मिलाउँदै
अथवा मिलाउने चाहना बोकेर
जिन्दगीको हिँडाइ
हिँडि नै रहन्छन्
कोही दु:खका पाइला घिसारेर
कोही संसारै आफ्नो बनाउछु जस्तो गरेर

जिन्दगीको हिँडाइ
कोही आँसु छोपेर हिँड्छन्
कोही हाँसो देखाएर हिँडछन्
कोही पसिनाले भिजेर हिँड्छन्
कोही नानारत्नले सजिएर हिँड्छन्
आखिर हिँडनु नै छ
समयसँगै
कोही लक्ष्य साँधेर
निश्चित दिशातिर
कोही लक्ष्यविहीन
आशा निराशाको दोसाँधमा!!

बिपिन कुमार यादव

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!