दिपेश मोक्तान बने ‘इट्स माइ सोङ्ग – लकडाउन म्यूजिक कम्पिटिसन -२०७८’ को विजेता ४ जना प्रतिस्पर्धीलाई फाइनलमा उछिन्दै दिपेश मोक्तान ” इट्स माइ सोङ्ग – लकडाउन म्यूजिक कम्पिटिसन -२०७८ ” को बिजेता बन्न सफल भएको छ ।

फाइनल राउण्डको प्रतिस्पर्धीहरू मनु दाहाल, देवेन्द्र बास्कोटा, भुपेन्द्र कटुवाल र राज कुमार सासंकरलाई पछि पार्दै दिपेश मोक्तानले यो उपाधि जित्न सफल भएको हो । त्यस्तै मनु दाहाल र देवेन्द्र बास्कोटा क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल रहे । कार्यक्रम निर्धारित समयभन्दा २ घण्टा ढिलो शुरु भएको थियो ।

कार्यकममा निष्पक्ष निर्णायकको भूमिकामा गायक तथा गिटारिस्ट राजकुमार समाल, संगीतकार तथा संगीत संयोजक एन. बि. चाम्लिङ् , र गायक तथा संगीतकार तुलाधर दर्नाल रहेका थिए । निर्णयमा भने फेसबुक कमेन्टलाई पनि आधार मानिएको थियो ।

जेष्ठ १२, २०७८ मा नेपालको विभिन्न ठाउँबाट ३१ जनाको सहभागितामा भर्चुअल अडिसनबाट शुरु भएको कार्यक्रम ” इट्स माइ सोङ्ग – लकडाउन म्यूजिक कम्पिटिसन -२०७८ ” विभिन्न चरणहरू गर्दै टप -५ मा पुगेको थियो । ” टप -५ का सबै प्रतिस्पर्धी उत्तिकै अब्बल हुँदा निर्णायक मण्डललाई गाह्रो परेको थियो । हामीले धेरै चोटी गहनका साथ् सुन्दै अन्तिममा सहि निर्णय लिन सफल भयौ ” उत्साहित् हुँदै कार्यक्रम संचालक, प्रस्तोता तथा निर्णायक तुलाधर दर्नालले बताए ।

प्रथम हुनेलाई उपेन्द्र अधिकारीको शब्द रचनाको एउटा गीत, द्वितीयलाई चोइटिएको सागरको शब्द रचनाको एउटा गीत र तृतीयलाई कभर गीत वा अनप्लगड भर्सनको एउटा नयाँ गीत रेकर्ड गराइदिने वा तीन महिना नि:शुल्क संगीत कक्षाको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!