
हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्या विदेशी हमलाकर्ताका एउटा टोलीले गरेको त्यहाँका प्रहरीले जानकारी दिएका छन् । यो टोलीमा धेरैजसो कोलम्बियाका पूर्व सैनिक थिए ।

प्रहरी प्रमुख लियोन चार्ल्सले दिएको जानकारी अनुसार यो टोलीमा २६ कोलम्बियाली र हाइटी मूलका दुई अमेरिकी हमलाकर्ता समावेश छन् ।
आठ संदिग्ध अहिले पनि फरार छन् जबकी दुई अमेरिकीसमेत १७ जनालाई पक्राउ गरिसकिएको छ र
अन्य संदिग्धलाई प्रहरीले राजधानी पोर्ट ओ प्रिन्समा मुठभेडमा मारेका थिए ।
बिहिबार हाइटी पुलिसले केही संदिग्धलाई मिडियासामू सार्वजनिक गरेका थिए । उनीहरुको अगाडि हतियार, कोलम्बियाली पासपोर्ट र अन्य प्रमाण राखिएको थियो ।
प्रहरीले प्रमुखले भने, ‘राष्ट्रपतिलाई मार्न हाम्रो देशमा विदेशी आए ।’
कोलम्बियाली सरकारका अनुसार यो टोलीमा उनीहरुको सेनाका अवकाशप्राप्त ६ सैनिक पनि समावेश भएको हुनसक्छन् । उसले अनुसन्धानका लागि हाइटीलाई पूरा सहयोग गर्ने बताएको छ ।
अमेरिकी विदेश मन्त्रालयले हालसम्म कुनै नागरिक हिरासतमा भएको पुष्टि गरेको छैन ।
यस हप्ता बुधबार बिहान केही बन्दुकधारीले ५३ वर्षका राष्ट्रपति मोइजलाई उनकै निवासमा छिरेर गाली चलाउन सुरु गरे । अधिकारीका अनुसार राष्ट्रपतिको पिठ्यँमा १२ वटा गोली लागेको थियो र उनको घटनास्थलमा नै मृत्यु भएको थियो । उनकी श्रीमती मार्टिन घाइते भएकी छिन् । उनलाई उपचारका लागि अमेरिकाको फ्लोरिडा राज्यमा लगिएको छ जहाँ उनको स्थिति स्थिर बताइएको छ ।
यद्यपि, हमलाको योजना कसले बनाए वा यसको उद्देश्य के थियो भन्नेबारे केही स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।
यद्यपि, हाइटीका अन्तरिक प्रधानमन्त्री क्लड जोसेफले बीबीसीसँगको कुराकानीमा राष्ट्रपति देशमा प्रभाव राख्ने केही ठूला वर्गसँग लडिरहेका कारण उनलाई निशाना बनाएको हुनसक्ने बताएका थिए ।
बीबीसी