हिपमत डटकम

बिहिबार, आषाढ २४, २०७८ || 532  पटक पढिएको

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर, गुगल र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् । पूर्व राष्ट्रपति ट्रम्पले आफूलाई गुगल, ट्विटर र फेसबुकले सेन्सरसिपको शिकार बनाएको आरोप लगाउँदै मद्दा दायर गरेका हुन् ।

उनले यी प्रमुख तीन कम्पनीका कार्यकारी अधिकृतमाथि आरोप लगाउँदै आफ्नो अभिव्यक्ति स्वतन्त्रता सार्वजनिक माध्यममा कुण्ठित गरेको आरोप लगाएका छन् ।

आफूमाथि सामाजिक सञ्जालमा लगाइएको अङ्कुश हटाउनुपर्ने अदालतसमक्ष उनको माग रहेको छ । उनले भनेका छन्, ‘यदी यी कम्पनीले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने उनीहरुले जसलाई चाह्यो त्यसलाई प्रतिबन्ध लगाउन सक्छन्।’

अमेरिकी राष्ट्रपतिको निर्वाचनको नतिजा आफ्नो पक्षमा नआएपछि ट्रम्पले जो बाइडेनले धाँधली गरेर निर्वाचन जितेको आरोप लगाउँदै आएका थिए। सो क्रममा गत जनवरीमा ट्रम्पका समर्थकले निर्वाचनमा धाँधली भएको भन्दै अमेरिकी संसद भवनमै तोडफोड मच्चाएका थिए।

अमेरिकी राष्ट्रपति चुनावका बेला ट्रम्पले चुनावको नतिजा अस्वीकार गर्दै बाइडेनले धाँधली गरेर जितेको बताएसँगै उनका समर्थकले हिंसा मच्चाएपछि हिंसा रोक्नलाई भन्दै सामाजिक संजाल कम्पनीहरुले ट्रम्पको अकाउन्ट बन्द गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!