हिपमत डटकम

बिहिबार, आषाढ २४, २०७८ || 578  पटक पढिएको

हैटीका राष्ट्रपति जोभेनेल मोसेको हत्या आरोपमा प्रहरीले गोली हानेर चारजना शंकास्पद व्यक्तिलाई मारेको छ । यसैगरी दुईजना हिरासतमा छन् । देशको राजधारी पोर्ट एयु प्रिन्समा प्रहरी अझै पनि बाँकी शंकास्पदहरुसँग भिडिरहेको छ । ‘उनीहरुलाई मारिनेछ वा पक्राउ गरिनेछ,’ प्रहरी प्रमुख लियोन चाल्र्सले भने ।

५३ वर्षका मोसेको बुधबार राष्ट्रपतिको निजी निवासमा गोली हानेर हत्या भएको थियो भने उनकी पत्नी आक्रमणमा घाइते भएकी छिन् । पहिचान नखुलेका बन्दुकधारीहरु राजधानी स्थित मोसेको निवासमा स्थानी समयअनुसार १ बजे छिरेका थिए ।

यस घटनामा घाइते भएकी राष्ट्रपति पत्नीलाई उपचारका लागि फ्लोरिडा लगिएको छ । उनी गम्भिरमा अवस्थामा छिन् । ‘चारजना बन्दुकधारीलाई मारिएको छ र दुईजना शंकास्पदहरु हाम्रो नियन्त्रणमा छन्,’ चाल्र्सले बुधबार टेलिभिजनमार्फत भनेका छन्,‘कब्जामा लिइएका तीनजना प्रहरीहरुको उद्धार गरिएको छ । अपराधी घटनास्थलबाट भागे लगत्तै हामीले त्यसलाई नियन्त्रणमा लिएका थियौं । त्यसयता, हामी उनीहरुसँग निरन्तर लडाइँमा छौं ।’

यस हत्याकाण्ड लगत्तै हैटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले जनतासँग शान्त रहन अपिल गरेका छन् । उनले राष्ट्रव्यापी संकटकाल पनि घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलगायत नेताहरुले घटनाको निन्दा गरेका छन् ।

२०१७ देखि हैटीको राष्ट्रपति रहेका मोसेविरुद्ध पछिल्लो समय देशमा प्रदर्शन भइरहेको थियो । प्रदर्शनकारीले उनको राजीनामा मागिरहेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!