अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्वीटर र अल्फाबेट कम्पनी र तिनका प्रमुख कार्यकारी अधिकृतविरूद्ध मुद्दा हालेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले कन्जरभेटिभ विचारधारालाई गैरकानुनी तरिकाले प्रतिबन्ध लगाएको भन्दै तीन कम्पनी र तिनका सिइओ मार्क जुकरबर्ग(फेसबुक), ज्याक डोर्सी (ट्वीटर) र सुन्दर पिचाई (अल्फाबेट) विरूद्ध बुधबार मियामीको एक अदालतमा मुद्दा दर्ता गराएका हुन्। अल्फाबेट गुगलको प्यारेन्ट कम्पनी हो।

ट्रम्पको मुद्दामा यी कम्पनीहरूले अमेरिकी संविधानमा प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लंघन गरेको तर्क गरिएको छ।

मुद्दा हालेर ट्रम्पले फेसबुक, ट्वीटर र युट्युबले अन्यायपूर्ण तरिकाले बन्द गरिदिएका प्रयोगकर्ताका पक्षमा आफूलाई उभ्याएका छन्।

‘हामीले अमेरिकी स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको जित सँगसँगै हासिल गर्नेछौं,’ तीन कम्पनी र तिनका सिइओविरूद्ध मुद्दा हालेपछि न्यु जर्सीको पत्रकार सम्मेलनमा ट्रम्पले भने।

ट्रम्पको मुद्दाबारे ती कम्पनीले अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन्।

गत जनवरी ६ मा ट्रम्पका सयौं समर्थकले संसद भवनमा हुलदंगा गरेका थिए। ट्रम्पले सामाजिक सञ्जालमार्फत् उनीहरूको प्रशंसा गरेपछि सामाजिक सञ्जालहरूले उनलाई प्रतिबन्ध लगाइदिएका थिए। त्यतिबेला उनी अमेरिकाका बहालवाला राष्ट्रपति थिए।

ट्रम्पलाई त्यतिबेला लगाइएको प्रतिबन्ध ती कम्पनीहरूले अहिलेसम्म फुकुवा गरेका छैन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!