बिराटनगर। एल पि ग्यास बिक्रेता संघ मोरङ्ग द्वारा कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराई दिनको लागि जिल्ला प्रशासन कार्यालय मोरङ र सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरलाई ज्ञायापन पत्र बुझाएको छ ।

बुधबार पत्र बुझाउँदै एल पि ग्यास बिक्रेता संघ मोरङ्गका अध्यक्ष गणेश कुमार साहले भने की कोरोनाको यस्तो महामारीको बेलामा फ्रन्ट लाइनमा बसेर काम गर्नेहरु प्रहरी, स्वास्थयकर्मी, कर्मचारी आदीलाई खोपको ब्यवस्था गरिएको तर ग्यास व्यवसायीहरु अरु जस्तै फ्रन्ट लाइनमा बसेर ग्यास बिक्री वितरण गरि रहदा पनि अहिलेसम्म खोपको कुनै ब्यावस्ता नगरीएको हिपमता डटकमलाई बताए ।

हामी ग्यास बिक्रेताहरु प्रति पनि सरोकारवाला तथा सम्बन्धीत निकायहरुलाई ध्यान जओस् भन्ने उदेशयले आज हामी जिल्ला प्रशासन कार्यालय मोरङ तथा सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरलाई ज्ञापन पत्र बुझाएका छौ भनी उनले थपे ।

हाम्रो माग सम्बोधन भएन भने हामी बाध्य भएर ग्यास बिक्री वितरण बन्द गर्न बाध्य हुने संघका सचिब सुधिर यादबले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!