विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिस गरिएको डब्लुएचओले जनाएको छ ।

औषधीसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोना भाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो ।

‘कोरोनाभाइरसका कारण गम्भीर अवस्थामा रहेका विरामीलाई पनि यसले सन्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ’ डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने ।–सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!