हिपमत डटकम

मंगलबार, आषाढ २२, २०७८ || 852  पटक पढिएको

हाम्रो देश नेपाल सुन्दा,बुझदाअनि ऐतिहासिक पृष्ठभूमि हेर्दा विश्वकै सर्वोच्चशिखर सगरमाथाको पारसस्पर्श पाई धन्यभएको प्राकृतिक दृष्टिकोणले समेत समृदध र अनुपम सौन्दर्यको उपमापाएको नेपाल सुन्दर,शान्त र विशाल छ भन्ने काल्पनिक उडान करौडौ जनताकामुखार विन्दुबाट गुञ्जेको तीतो सत्य हामीले सुनेका र भोगेकापनि छौँ ।

विचारणीय कुरा के छ भने २०४६ सालको जन-आन्दोलनमा होमिएका नेपाल आमाका कयौ सपूतहरुको त्याग,तपस्या र निःस्वार्थ देश भक्तिको उर्जाबाट प्राप्ता २००७ सालको प्रजातन्त्र देखि लोकतन्त्र गणतन्त्रात्मक शासन पदधतिबाट देश संघीयतामा प्रविष्ट भएसम्म नेपालशब्दको उपयुक्त शब्दोबदध विश्लेषण कुनै प्राज्ञ वा विज्ञ व्यक्तित्वहरुबाट नभएको हो किभन्ने आमजनताको चासोको विषय बनेको छ । देशको ऐतिहासिक पृष्ठभुयमि र हालसम्मको राजनीतिकअवस्थालाई तुलनात्मक अध्यन गरी नेपालशब्दको समय सापेक्ष यथाबुद्धि सरल तर धतलाग्दो विश्लेषण गर्ने प्रयास गरेको छु ।

नेपाल – ने – ( नेताहरु ) पा – ( पालै–पालो ) ल – ( लडे–को) अर्थात – राष्ट्र र राष्ट्रियता भन्दापनि सत्ता व्यक्तिगत स्वार्थएवम्– राजनीजीकसमीकरणका लागिपालै–पालो एक –आपसमा लडेको देश नेपालहो भन्नु न्याय सम्मत होला कि?
विश्व मै कहीनभएको प्रजातन्त्रका हाङगाहरु लोकतन्त्र ÷ गणतन्त्र र पौष्टिक तत्वले भरिपूर्ण सन्तुलितअनिखाइलाग्दो संघीयता नेताहरुकालागि बाँदरको पुच्छर लौरो न हथियार बन्दै गएको कुरा नकार्न सकिन्न । हामी नेपालीहरु एक्काइसौ शताब्दीको उतराद्र्ध चरणमा पाइला टेक्दै छौँ यो तथ्थ निर्विवाद छ । आजको विश्वव्यापीकरणमा ज्ञान,विज्ञान,कला र साहित्यको क्षेत्रमायुग फेर्ने परिवर्तन भएको अकाट्य सत्य पनि नेपालर नेपालीहरुले नकार्न सक्दैनन । ज्ञान विज्ञानको क्षेत्रमावैज्ञानिक,कलाको क्षेत्रमाकलाकार अनि सहित्यको क्षेत्रमा सहित्यकार सवै नेता,पार्टीको कार्यकर्ता बन्दै कोहि नेतामुखी त कोही पार्टीमुखीबनेको यथार्थ यत्रतत्र सर्वत्र भेटाइन्छन् ।

श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहले बाइसे चौविसे स–साना राञ्यहरुलाई एकताको मालामा गाँसी सिङगो नेपालको निर्माण गरेको इतिहासलाई पल्टाउदै केहि नेताहरुका नेतागिरीको प्रदर्शनले यो देश बिखण्डन भई नेतृत्व बिहिन अवस्थामा पुग्ने पक्का छ । राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता नेपालीजनता अब सत्ताधारी नेताका कठपुतली मात्र हुन । हो नेता र नेतृत्वको अभावले यो देशको भविष्य जर्जर मात्र होइन अन्धकार नै बनने अवस्था देखिन्छ । जति सानो देश त्यसभन्दा बढी देश हाक्ने नेताहरु जन्मने देश नेपाल अबका केही बर्ष भित्रै नेता जन्माउने विकसित देशहरुको सुचिमा स्वर्ण पदकले विभूषित हुने पक्का पक्की छ । समाजवा राजनीतिक समुदायमा आफ्नो नेतृत्वदिन सक्ने,व्यक्ति,समाजवा समुदायको नेतृत्वगर्ने व्यक्तिअगुवाको रुपमा नेताको परिभाषा नेपाली बृहत शब्द कोशले समेत दिएको हरेक प्राज्ञा विज्ञहरुलाई अवगत होेला । शब्द कोशले दिएको परिवारको नेतृत्व गर्दै पारिवारमुखी बन्दै जनतालाई झिनो आशा देखाइ माछा भ्यागुताको खेल खेल्दै छन  । आजको परिवेशमा राजनीतिक स्वार्थ सिदधिका लागि नेताहरुले देशभकितलाई ढालको रुपमा प्रयोग गरि राजनीतिमा सक्रिय भएको जनतालाई देखाउदै जनताकै मन जित्ने कुराजनीतिको विकास गरी देश बर्वाद गर्दै छन । प्रत्येक आम-चुनावमा देशभक्ति नारा गुञ्जन्छ,चुनाव जितिन्छ अनि देशको रगत मासु मनपरी खाएर देश भक्तिको नाममा जनतालाई भडकाएर नेताहरुले देशको मात्रहो इन नेतृत्वको समेत उपहास गरेका छन । सत्ताधारी नेताहरुले आफुलाई सत्तामा कायम राख्न फुटाऊ र शासन गर नीतिको इमानदारी पूर्वक पालता गरी कसैलाई काखा कसैलाई पाखागर्दै जनतालाई बलिको बोको बनाएको प्रष्ट देखिन्छ ।

कहि नभएको जात्रा हाँडी गाउँमा भनेझै कहिकतै नभएको नदिखिएको उल्टो राजनितिक व्यवस्ता नेपाल मै किन? सुन्दा समय अनुसार खासै अचम्ममान्नु पर्दैन । नेपालको ऐतिहासिकर राजनीतिक पृष्ठभुभिकाई आधार मानी विश्लेषण गर्ने हो भने प्रारम्भ देखि हाल सम्म एक दुई ( राष्ट्रिय स्वार्थ अपवाद ) बाहेक व्यक्ति समाज र समाजको नेतृत्वगर्ने गुण । क्षमताभएको नेताहरुको अभावका खडकिएको देखिन्छ । दुरदर्शी सोँच राखेर देश र जनताका लागिनिःस्वार्थ स्वच्छ भावनाले लड्ने । आवाज उठाउने नेताको नेपालमाअधौरै खाँचो छ ।

प्रशिद्ध अर्थ शास्त्रीमाल्थसले जनसङख्या वृदधिज्यामितीय रुपमा र उतपादन अंकगणितीय रुपमा हुने सिद्धान्त अघि सारेकाथिए । त्यस्ता महान अर्थशास्त्री माल्थसको सिद्धान्त नेपालको सन्दर्भमाभने अपवाद सबित भएको छ । गजब कुरो के छ भने ?माल्थसको सिद्धान्त नेपालमा ठयाक्यै नभएपनिआशिक रुपमा नेताहरुको वृद्धिज्यामितीय रुपमा र विकासको गतिअक गणितीय रुपमाभएको सवैले बल्लबुझदै छन । होइन र ?अतएव यस्तो स्थितिमा विकास र सत्ताकालागि नेताहरु एक अपसमा लड्ने नसके लडाउने प्रवृत्ति देखिनु स्वाभाविकहुन जान्छ । यस किसिमको लड्ने ÷लडाउने प्रवृत्तिमाशक्ति सम्वन्न र सुयोग्य नेतृत्वगर्ने नेताहरु मात्र बलियाहुने स्थिति देखिन्छ भने बाँकी नेताहरु समयसँगै बिलीनहुँदै जाने तथ्थ नेपालको सन्दर्भमाआसन्नभविष्यमै प्रमाणित हुने छ ।

यसमा शङका गर्ने स्थान नरहला नेताहोइन नेतागिरिको भावनाबाट प्रेरित भई देश र जनतालाई खोक्लो बनाउँदै नातावाद र कृपावादको खोल ओढी देशलाई छिन्न भिन्नबनाउने क्षमता भएका खास व्यक्तित्वहरु नै आजका युगकाआदर्श नेताहुनकिकसो बैलैमा सौचौ है । सर्वसाधारणले पनि देश भक्तिको खोक्रो नारा दिने नेताहरुबाट सतर्क रहेमात्र देशलाई जोगाउन सकिन्छ । विचारणीय अबका १५ देखि २० वर्ष भित्र नेपालसरकारको बजेट घोषणा भएको रकमभन्दा बढी नेताहरु यस देशमाजन्मने छन । देशको रकमधान्नै नसक्ने अवस्थासिर्जनाभई विदेश पलायनहोलान् क्याहो ।

नामःविजयकुमार के.सी
ठेगानाःमिर्चैया न.पा.–६,सिरहा
उप–प्राध्यापक बि.डि कलेज मिर्चैया
(स्वातन्त्रविचारक,शिक्षक )

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!