हिपमत डटकम

मंगलबार, आषाढ १५, २०७८ || 1035  पटक पढिएको

नेपाली लोक गीतको बजारमा संधै नयाँ-नयाँ लोक खुराक दीईरहन माहिर मानिएका गायक अभय ढुंगेलले पछिल्लो समय फरक स्वादको गीत आफ्ना दर्शक श्रोता माझ पेश गरेका छन्।

आर्टिस्ट नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको नयाँ गीत ”मार्यो-मार्यो” फरक स्वाद रहेको र आम दर्शक श्रोताले मन पराउने गायक अभय ढुंगेल बताउछन् । अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको यो गीतलाई गायक अभय ढुंगेलले नै शब्द लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ ।

बाबु प्रधानको संगीत संयोजन रहेको गीत मिक्सिङको कार्य भने महेश्वरमान राजभण्डारीले गरेका छन् । शंकर बिसिको निर्देशन साथै कोरियोग्राफी रहेको भिडियोलाई, शंकर बिसी र कबिता न्यौपानेले दमदार बनाएका छन्।

अमेरिका बसाइको क्रममा समय समयमा आफ्ना सिर्जना सार्वजनिक गर्ने गरेका गीतकार,संगीतकार,गायक अभय ढुंगेलले गीति लेखनको निरन्तरतामा अर्को नयाँ प्रयास स्वरूपको गीत ”मार्यो-मार्यो” सार्वजनिक गरेका हुन् । कोरोना महामारीले गर्दा मानिसहरु थुनिनु परेको अवस्थामा गीतकार ढुंगेलले, शब्द सिर्जनामार्फत आफूलाई सक्रिय बनाएका हुन् ।

हेरौं भिडियो-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!