हिपमत डटकम

शुक्रबार, आषाढ ११, २०७८ || 841  पटक पढिएको

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिका आकांक्षीहरु डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित् कोइराला निवासमा नेतात्रयबीच छलफल भएको हो । उनीहरुबीच आगामी महाधिवेशनबारे छलफल भएको बताईएको छ । यसअघि यी तीन नेता निधिको निवासमा भेला भएका थिए ।

खासगरी १४औं महाधिवेशनमा पार्टी नेतृत्वको लागि यी तीनै जना नेताले आ–आफ्नो ढंगले तयारी गरेका छन् । निधिले सभापति शेरबहादुर देउवालाई भेटेरै आफू धेरै अघि बढिसकेकोले अब ब्याक नहुने सन्देश दिईसकेका छन् । सभापति देउवा पूनः नेतृत्वमा आउने तयारीमा जुटेपछि निधिले भेटेरै देउवालाई यस्तो सन्देश दिएका हुन् । उता, संस्थापनईतरबाट महामन्त्री कोइरालापनि सभापतिमा लड्नेगरि तयारीमा जुटेका छन् ।

प्रकाशमानले पनि मिडियामार्फत आफू सभापतिमा उठ्ने बताईसकेका छन् । तर, सभापतिका आकांक्षी यी तीन नेताबीच भने मिलेर जानेबारे कुराकानी भैरहेको छ । निधिले केही दिन पहिले पत्रकार ऋषि धमलासँगको टिभी अन्तर्वार्तामा आफू, शशांक र प्रकाशमानबीच गठबन्धन बन्ने दाबी गरेका थिए । तर, उनले ठोस सहमति भने भैनसकेको बताएका थिए । उनले भनेका थिए–‘हामी छलफलमा छौं । तर, ठोस सहमति भएको छैन् । हामी तीन जनाबीच सहमति भएर गठबन्धन पनि बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!