किरण न्यौपाने

शुक्रबार, आषाढ ११, २०७८ || 1356  पटक पढिएको

रंगेली । रंगेली नगरपालिकाले पाचौ नगरसभा बाट आर्थिक वर्ष २०७८/७९ को निति तथा कार्यक्रम बजेट ल्याएको छ । नगरसभाले बहुमतको आधारमा कुल ७१ करोड ७८ लाख ४५ हजार रुपैयाको निति तथा कार्यक्रम ल्याएको हो । बहुमतको आधारमा ४० प्रतिशत प्रतिनिधित्व गर्ने दल नेपाली काग्रेस बाट निर्वाचित प्रतिनिधि संग छलफल नै नगरी एकलौटी रुपमो बजेट ल्याएको भन्दै नेपाली काग्रेसले नगरसभाको विपक्ष उभिएको छ । सभाले बहुमतको आधारमा निति तथा कार्यक्रम ल्याएपछी नेपाली काग्रेसले नगरसभा चलिरहेकै बिच आफनो असन्तुष्टी जनाउदै कार्यक्रम सभा बाटै बाहिरीएका थिए । नगरसभाको पक्षमा नेकपा र जनता समाजबादी पार्टीका प्रतिनिधि उभिएका छन । नौ वटा वडा रहेको रंगेलीमा नेकपाको ४ जना वडा अध्यक्ष सदस्य सहित २० जना र जनता समाजबादी पार्टिका २ जना वडाअध्यक्ष सहित 6 जना सदस्यहरु रहेका छन् । भने नगरसभा बहिस्कार गरेका नेपाली काग्रेसका ३ जना वडाअध्यक्ष सहित २० जना नगरसभा सदस्यहरु रहेका छन् ।

रंगेली नगरपालिका मेयर दिलिप वगडियाले विभिन्न विषयगत समुह र बजेट तर्जुमा समिति बाट सिफारीश भई कार्यपालिका बाट निर्णय भई बजेट आएको जानकारी दिए । तर यता रंगेली नगरपालिका वडा नं.३ का वडाध्यक्ष धनश्याम पनेरुले ४० प्रतिशत जनप्रतिनिधी संग छलफलै नगरि र विषयगत समितिमा समेत आफुहरुलाई नराखेको र बहुमतीय ढंगले बजेट आएकोले आफुहरु बजेटको विपक्ष र असन्तुष्ठ रहेको बताएका छन् । सो क्रममा नेपाली काग्रेस बाट निर्वाचित जनप्रतिनिधी जित नारायण खवास, रिता सरदार लगायतले बजेटको विपक्षमा रहेको प्रतिक्रिया दिए ।

सभामा उपमेयर केशव कुमारी खरालले बजेट प्रस्तुत गर्नुभएको थियो । नगरसभामा रंगेली नगरपालिकाको गत वर्ष भन्दा १० करोड बढीको निति तथा कार्यक्रम आएको छ गत वर्ष नगरसभाले रंगेलीको बजेट ६१ करोड २७ लाख रुपैयाको ल्याएको थियो ।
सभाले पुजिगत तर्फ १६ करोड ५९ लाख, नगरपालिका चालु तर्फका लागी १४ करोड २२ लाख, वडा तर्फ चालु १ करोड ८ लाख, शर्सत तर्फ ३० करोड, विपद व्यवस्थापन कोष ९१ लाख, शिक्षा कार्यक्रम तर्फ १ करोड ९४ लाख, स्वास्थ्य तर्फ १ करोड ७६ लाख, कृषि विकास कार्यक्रमका लागी ७० लाख, पशु तर्फ ७४ लाख, महिला विकासका लागी ४९ लाख, सहकारी तर्फ ८ लाख ८६ हजार, भैपरी पुजीगतका लागी ८५ लाख, कोल्ड स्टोर शोधभर्ना ६० लाख, मर्मत सम्भारका लागी १ करोड रुपैया र अस्पतालका लागी ७८ लाख रुपैया छुटयाएको छ ।

नगरसभाले संघिय सरकारले अबलम्वन गरेको आर्थिक तथा वित्तिय नीतिहरु तथा स्थानिय सरकार सञ्चालन ऐन, नेपालको संविधानमा उल्लेखित मौलिक हकहरु र स्थानिय समस्याहरुलाई आधार बनाएर जनसहभागीता मुलक योजनालाई बजेटले जोड दिदै बजेट ल्याएको छ ।

बजेटले रंगेली नगरभित्रका निजि तथा सामादायी विद्यालय बाट एसईई उक्रिण छात्रछात्रालाई साइकल वितरण, उन्नत जातको पशु र गोठ सुधार कार्यक्रम र डेरी प्रर्वद्धन कार्य, कृषि सहकारी र महिला समुहलाई प्रोत्साहन, सहकारी विवरण र गतिविधीलाई अनलाईन मार्फत व्यवस्थापन, रोजगार प्रवद्र्धन तथा गरिवी न्युनिकरण, प्राविधिक शिक्षा विद्यालयलाई उचित सहयोग र अनुदानको व्यवस्था, उत्कृष्ट कार्य सम्पादन गर्ने निजि तथा सामुदायी विद्यालयलाई पुरस्कृत र सम्मान गरिने, ५ कक्षाका विद्यार्थीहरुका लागी दिवा पोषण आहार, स्वास्थ्य सेवालाई सुदृढिकरण, निशुल्क औषधी, विपन्नलाई वर्गलाई सरकारी अस्पताल बाट उपचारकालागी आर्थिक साहयता, महिलाको पाठेधर झर्ने, पाठेधर तथा स्तन क्यान्सरका समस्या भएका विशेषज्ञ सेवा र निशुल्क उपचारका लागी बजेट व्यवस्थापन, महिला क्षमता अभिवृृद्धि, नगर उपप्रखुख संग सुत्केरी पोषण कार्यक्रम सञ्चालन, हरेक वडामा कालोपत्रे रिड विस्तार गरिन्दै लगिने, नगर रिङ्गरोड लाई निरन्तरता, सबै नगरिकलाई खानेपानीका लागी ओभरहेड खानेपानी टयाड्ढि निर्माण, टोल टोलमा विजुली बत्ती उज्यालो अभियान, वडा कार्यालय नभएका वडामा कार्यालय भवन निर्माण, प्रहरी संगको सहकार्यमा सिसिटिभी जडान, मलंगथान सिमसार विकास, संसारीमाईको भौतिक सरचना निर्माणलाई निरन्तरता, नगरका अन्य मठ मन्दिर,मस्जीद, गुम्बा धार्मिक स्थलको संरक्षण र सम्वर्धन, फोहर व्यवस्थापन, निजी बन लगाउने लाई प्रोत्साहन, शव बहान खरिद र जनतालाई छिटो छरिदो सेवाका लागी व्यवस्थापन गरिने योजनालाई बजेटले मुख्य रुपमा समेटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!