हिपमत डटकम

शुक्रबार, आषाढ ०४, २०७८ || 806  पटक पढिएको

करैयामाई गाउपालिकामा अदालतले गरेको निर्णय न्यायिक समितिले बदर गरेको छ । अदालतले गरेको निर्णय गाउपालिकाले नमाने पछि पिडितले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।

अदालतले २०६२ जेष्ठ २० करैयामाई गाउपालिका साविक वडा नम्वर ३ बजनीका बैधनाथ यादवले गरेको जग्गा विवादको मुद्धामा सुनवाई गर्दै एक फिटको नाला विपक्षी लालमुनिया यादवको जग्गाबाट नाला निमार्ण गर्ने निर्णय गरेको थियो । पिडित न्याय माग्न जाहा गए न्याय नपाएपछि पत्रकार सम्मेलन गरेका छन् ।

जनप्रतिनिधि चुनाव जितेर आएपछि अदालतले गरेको निर्णय आफुले नमान्ने न्यायिक समितिले गरेको निर्णय मात्र मान्य हुने न्यायिक समितिका समयोज चित्रलेखा चौभरीले बताउने गरेको पिडित यादव बताउछन । आफनो जग्गाको कित्ता नम्वर १४० को ६ कठामा गत वर्ष आफनो लगानिमा बोरिङ्ग जडान गरे पनि विपक्षी लालमुनिय यादवका छोरा विनोद यादवले गाउपालिकाको बजेटबाट बोडिङ्ग जडान गरेको भनि विवाद सृजना गर्ने गरेको पिडितले पत्रकार सम्मेलनमा बताए ।

गाउपालिकाकोे बजेटबाट बोडिङ्ग जडान गरेको हो भने कागजात हेर्न माग्दा वडाध्यक्ष देवेन्द्र केशरीले कागजात छैन जाहा खोज्नु छ खोज भनेर हप्काउने काम मात्र गर्छन । गाउपालिकामा गएर विरेन्द्र महतोसँग बुझदा फर्जी बोडिङ्ग जडान गरेको कागजत दिए । त्यसमा गाउपालिकाको अध्यक्ष भुवनेश्वर धामीको हस्ताक्षर फर्जिरहेको स्वयम गाउपालिका अध्यक्षले बताएको पत्रकार सम्मेलनमा यादवले बताए ।

गत वर्ष निमित्त महतो र वडाध्यक्ष केशरी र विनोद यादव मिलि धेरै अनियमितता गरेकोले महतोको खाता समेत कोष तथा लेखा नियन्त्रणले रोकेको थियो । कोहि अधिकृत आउदा गाउपालिकामा बस्नै नदिने आरोप समेत लाग्दै आएको छ । वडाध्यक्ष यादवले वडाको विकासको बजेटले आफनो खेतको आलि माटोले पुरी पाँच लाख ब्रहमलुट समेत गरेको पत्रकार सम्मेलनमा बताए । अमरेस कुमार पाण्डेयको समाचार ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!