हिपमत डटकम

बुधबार, आषाढ ०२, २०७८ || 1139  पटक पढिएको

पोखरा। मादी गाउँपालिका मादी खोलामा निर्माणाधीन सुपर मादी हाइड्रोमा बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

निर्माणाधीन सुपर मादी (४४ मेगावाट) जलविद्युत् आयोजनामा चारवटा एक्स्याभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट, तीनवटा क्रस, बगाएको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए।

साढे सात अर्ब रुपैयाँ लागत रहेको सुपर मादीको काम सम्पन्न हुने चरणमा थियो। ब्याचिङ प्लान्ट, क्रसर, एक्सक्याभेटर, ह्विल लोडेर र ट्रिपरहरु, इलेक्ट्रो–मेकानिकल (इएम) का ओभरहेड क्रेन, साइडल केसहरु लगायतका सबै सामानहरु बाढीले बगाएको उनले बताए।

बाढीले करोडौं रूपैयाँको क्षति पुगेको उनको भनाइ छ । आयोजनामा काम गर्ने ३ सय भन्दा बढी कामदारलाई सुरक्षित स्थानमा ल्याइएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!