हिपमत डटकम

शनिबार, जेठ २९, २०७८ || 728  पटक पढिएको

काठमाण्डौ । कोरोना महामारीको दोश्रो लहर शुरु भए लगतै विश्व हिन्दू परिषद नेपालको सेवा विभागले देशका विभिन्न गाउँ तथा शहरहरुमा विभिन्न सेवा कार्य गर्दै आईरहेको छ । विहिप नेपालको सेवा विभागले लकडाउनका कारण समस्यामा परेकाहरुलाई लक्षित गरी खाद्यान्न वितरण तथा चिकित्सक परामर्श सहितको सेवा कार्यहरु सञ्चालन गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका न्यून आय भएका तथा मजदुरी गरी जीवनयापन गर्नेहरुलाई खाद्यान्न किट वितरण गरेको छ । संस्थाले काठमाण्डौ उपत्यका एवं पोखरा महानगरका स–साना मठ मन्दिरका पुजारी, वेदपाठशाला, वृद्धाआश्रम तथा अनाथालयहरुमा समेत खाद्यान्न किट उपलब्ध गराएको छ ।

त्यस्तै कोरोना संक्रमितहरुको सहायताको लागि आवश्यक चिकित्सकिय परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । परिषदले अनलाईनका माध्यमले कोरोना संक्रमितहरुको लक्षणबारे जानकारी संकलन गरी आवश्यक चिकित्सकीय परामर्श प्रदान गर्ने गरेको छ । कोरोना संक्रमितहरुको लागि आवश्वक औषधी, अक्सिजन, एम्बुलेन्स सेवा, तथा आईसोलेशन सेवाको लागि सहजीकरण समेत गर्ने गरेका छन् ।

निःशुल्क आयुर्वेदिक काढा वितरण रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने आयुर्वेदिक काढा विश्व हिन्दू परिषद नेपाल, सेवा विभागले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । विहिपले कपिलवस्तु, रुपन्देही, जनकपुरधाम, लहान, राजविराज लगायत देशका विभिन्न ठाउँहरुमा उक्त आयुर्वेदिक काढा वितरण गर्दै आईरहेको छ । परिषद्ले सेवाकार्यलाई लकडाउन अवधिभर निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!