हिपमत डटकम

शुक्रबार, जेठ २१, २०७८ || 880  पटक पढिएको

मुम्बई । अभिनेत्री जुही चावला २० लाख जरिवानामा परेकी छन् । ‘फाइभ जी’ मामलामा दिल्ली हाइ कोर्टले उनलाई यो जरिवाना तोकेको हो । जुहीले ‘फाइभ जी’को विरुद्धमा दिल्ली हाइकोर्टमा एक याचिका दायर गरेकी थिइन् । जसमा उनले ‘फाइभ जी’ को रेडिएशनको प्रभाव नागरिक, जनावर, वनस्पति लगायतमा पर्ने सम्बन्धि मुद्दा उठाएकी थिइन् । जसको फैसला हालै दिल्ली हाइ कोर्टले सुनाएको छ ।

कोटले जुहीको विपक्षमा फैसला गर्दै २० लाख जरिवाना समेत सुनाएको हो । कोटले जुहीको याचिका खारेज गर्दै भनेको छ, ‘याचिका कर्ताले कानुनी प्रक्रियाको गलत प्रयोग गरेको छ । यस्तो लाग्छ यो प्रचार पाउन गरिएको हो । किनभने याचिका कर्ता जुहीलाई पनि थाहा छैन कि उनको याचिका तथ्यमा आधारित नभएर कानूनी सल्लाहमा आधारित रहेको छ ।
पब्लिसिटी पाउन र कोर्टको समय दुरुपयोग गरेको कारणले उनलाई जरिवाना गरिएको छ ।’ जुहीले कोर्टमा याचिका कर्ताको तर्फबाट तिर्नु पर्ने कोर्टको पुरै फिस डेढ लाख समेत तिरेकी छैनन् । कोर्टले एक साता भित्र उक्त पिस तिर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!