हिपमत डटकम

शुक्रबार, जेठ २१, २०७८ || 1009  पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ।

पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्। यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन।

मृगेन्द्रसिंहले अर्का अध्यक्ष ठाकुरले जसपालाई पुरानो राजपालाई जस्तै गतिहीन बनाउन खोजेकाले आफूले उपेन्द्र समूहलाई साथ दिएको बताए। यसैगरी, साहले आफ्नो सहयोग र समर्थन अध्यक्ष उपेन्द्रलाई रहेको प्रष्ट पारे। पछिल्लोपटक कित्ता बदलेका मृगेन्द्रसिंह राष्ट्रियसभा सदस्य हुन् भने रामनेरश र साह प्रदेश २ का मन्त्री हुन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!