हिपमत डटकम

मंगलबार, जेठ १८, २०७८ || 560  पटक पढिएको

डेमोक्रेटिक रिपब्लिक कंगोको दुई गाउँमा भएको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । कंगोको सेना तथा परिवेक्षकले दिएको जानकारीअनुसार उक्त आक्रमण रातको समयमा भएको हो ।

स्थानीय अधिकारीहरुले यो आक्रमण इस्लामिक चरमपन्थी संगठन आईएससँग सम्बन्ध भएको एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ)ले गरेको दाबी गरेका छन् । कंगोको सेनाका प्रवक्ता जुलेस न्गोन्गोले एडीएफका लडाकुहरुले इटुरी प्रान्तको बोगा र चाबी गाउँमा आक्रमण गरेको बताए । यी दुवै गाउँमा एडीएफ सक्रिय छ ।

उक्त क्षेत्रका एक नेताले आक्रमणमा बालबालिका र वृद्धवृद्धा पनि मारिएको बताए । कंगोको सेनाले इटुरी प्रान्तको सुरक्षा फौजसँगको बैठकपछि उक्त आक्रमणमा ५३ जनाको मृत्यु भएको बताएको छ ।

तर, स्थानीय सांसद ग्रासियन इराकानले भने मृत्यु हुनेको संख्या कम्तीमा ६० रहेको बताएका छन् । उनका अनुसार अहिले पनि मानिसहरुको खोजी कार्य जारी रहेको बताएका छन् । यो आक्रमणमा दुई स्थानीय नेताहरु पनि मारिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!