हिपमत डटकम

आइतबार, जेठ १६, २०७८ || 499  पटक पढिएको

सरकारले आर्थिक वर्ष २०७८–८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् ।

सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले शंका गर्नुपर्ने ठाउँ रहेको बताएका छन् । बजेटप्रति विभिन्न टीकाटिप्पणी उठिरहेका बेला वर्तमान सरकारले ल्याएको बजेटलाई भने निजी क्षेत्रले स्वागत गर्नुपर्ने बताएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अहिलेको बजेटलाई विरोध गर्नुपर्ने ठाउँ नरहेको बताए । ‘समग्रमा बजेट राम्रो छ, कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्छ’, उनले भने– ‘निजी क्षेत्रले खोजेको कुरालाई यसपटक बजेटले समेटेको छ ।’

अहिले कोरोना संक्रमणको कारण मुलुक थिलथिलो अवस्थामा पुगेका बेला बजेटले समग्र क्षेत्रलाई समेट्ने प्रयास गरेकाले यसपटकको बजेटलाई विरोध गर्नुपर्ने ठाउँ नरहेको पनि उपाध्यक्ष ढकालले उल्लेख गरे ।‘पर्यटन क्षेत्रलाई उत्पादनशील क्षेत्रका रुपमा व्याख्या गर्नु यो एकदमै राम्रो पक्ष हो, आन्तरिक पर्यटनलाई सकारात्मक बनाउने केही व्यवस्था गरिएको छ यो राम्रो कुरा हो’ –उनले भने ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले घोषणा गरेको बजेट समग्रमा राम्रो भए पनि कार्यान्वयनमा भने चुनौती रहेको बताए । उनले भने– ‘सरकारले १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ तर यो सम्भव देखिँदैन ।’

उनले अहिले कोरोना संक्रमणका कारण मुलुकको उद्योग व्यवसाय धराशयी अवस्थामा रहेकाले सरकारले घोषणा गरेको राजस्व संकलन गर्न सक्ने अवस्था नरहेको बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!