हिपमत डटकम

शनिबार, जेठ १५, २०७८ || 1316  पटक पढिएको

एजेन्सी । अफ्रिकी मुलुक मालीमा सैनिक कूका नेतृत्वकर्ता कर्णेल असिमी गोइटाले आफूलाई राष्ट्रपति घोषित गरेका छन् । उनले आज आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका हुन् ।

गोइटा ३८ वर्षका छन् । उनले गत वर्षको १८ अगष्टमा सैनिक विद्रोहको नेतृत्व लिएका थिए । त्यतिबेला ७५ वर्षीय तत्कालीन राष्ट्रपति इब्राहिम बाउबकस केइटालाई पदबाट राजीनामा दिन वाध्य पारेका थिए ।

सन् १९८३ मा जन्मिएका असिमी गोइटा मालीको सैनिकको विशेष फौजका कमाण्डर हुन् । उनले संयुक्त राज्य अमेरिकाबाट पनि तालिम लिएका छन् । फ्रान्स र जर्मनीबाट पनि तालिम लिएका गोइटा साहसी सैनिक कमाण्डरको रुपमा मालीमा परिचित थिए ।

सैनिक विद्रोहपछि उनले आफूलाई मालीको सैनिक जुन्टाको प्रमुखका रुपमा परिचय गराएका थिए । उनले तत्कालका लागि मालीको सत्ता हालतमा लिएको घोषणा गरेका थिए । तर, यसपटक अन्तरिम राष्ट्रपति नै घोषणा गरे ।

मालीमा बढ्दो आतंकवादी गतिविधिप्रति उनले असन्तुष्टि जनाउँदै आएका छन् आतंकवादविरुद्धको लडाईंमा अग्रिम मोर्चामा उभिएर कमाण्ड गरेका उनको अमेरिका, फ्रान्सलगायतका शक्तिशाली देशसँग नजिकको सम्बन्ध भएको थियो ।

यसअघि मालीको सैनिक विद्रोहपछि सैनिकले त्यहाँका राष्ट्रपति केइटा र प्रधानमन्त्री बोउबोउ सिसेलाई नियन्त्रणमा लिई राजीनामा दिन वाध्य पारेका थिए । सैनिक नियन्त्रणमा परेपछि उनले सरकार र संसद बिघटन गरी राजीनामाको घोषणा गरे । टेलिभिजन मार्फत् केइटाले आफूले पदका लागि रक्तपात नचाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!