इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भएको सम्भावित अपराधको छानविन गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपाल तटस्थ बसेको छ ।

गाजा क्षेत्रमा भएको द्वन्द्वका क्रममा युद्ध अपराध भएको हुनसक्ने राष्ट्रसंघको अनुसन्धानपछि छानविनमा जाने कि नजाने भन्ने सम्बन्धमा मतदान भएको थियो ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले छानविन गर्ने प्रस्ताव मतदानबाट पारित गरेको छ । पक्षमा २४ भोट र विपक्षमा ९ भोट परेको थियो । नेपालसहित १४ मुलुक अनुपस्थित भए ।

दुई पक्षबीच भएको ११ दिने युद्धमा प्यालेष्टाइन तर्फ २४८ जनाको मृत्यु भएको थियो भने इजरायलतर्फ १२ जना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!