हिपमत डटकम

शनिबार, जेठ ०८, २०७८ || 573  पटक पढिएको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गरेका छन् । ‘‘कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण गरी अगाडि बढ्न आग्रह गर्छु,’’ कोरोना  विरुद्ध एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय सहमति नै उचित मार्ग भएको स्पष्ट पारे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र दलहरू त्यसका लागि प्रयास गरिरहेकै बेला शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी राजनीतिक निकास दिनुपर्ने अवस्थाको सविस्तार जानकारीसमेत गराए ।

सरकारले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने, त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने तथा कोरोनाविरुद्धको लडाइँमा सिङ्गो मुलुक जुट्नुपर्ने अवस्था रहेकाले आफूले विश्वासको मत लिने समय नपर्खिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको प्रधानमन्त्रीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले विगत एक वर्षदेखि निरन्तर रूपमा आफ्नो विरोध भइरहेको र काम गर्ने वातावरण पनि नबनेको बताउँदै विपक्षी दललाई वैकल्पिक सरकार बनाउन आग्रह गरे । उनले त्यस्तो सरकार बनेमा आफूले स्वागत गर्ने र आफ्नो दलको रचनात्मक सहयोग हुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!