हिपमत डटकम

बिहिबार, बैशाख ३०, २०७८ || 494  पटक पढिएको

कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।

अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई)’ ले महामारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो । उक्त संस्थाले विश्वका २३० स्थानमा महामारीको गणितीय प्रक्षेपण गर्दै आएको छ । प्रक्षेपण गर्दा निषेधाज्ञा, मृतक संख्या, संक्रमित संख्या, अस्पताल भर्ना दर, जनसंख्याको कति प्रतिशतले मास्क लगाएको छ जस्ता आधार तय गरिएको थियो ।

कोरोना महामारी सुरु भएयता बुधबारसम्म नेपालमा ४ हजार २५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ संक्रमितको मृत्यु भएको छ । मंगलबार सर्वाधिक २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै सोमबार १३९ जनाको मृत्यु भएको थियो ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!