हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 738  पटक पढिएको

नेप्से कारोबार ५४ अंकले बृद्धि, तीन कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी सप्ताहको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ५४ अंक बढेर २६६५.१० विन्दुमा बन्द भएको छ । गत सप्ताहको अन्तिम कारोबार दिन विहीवार २६११.११ विन्दुमा बन्द भएको बजार आइतवार २.०७ प्रतिशत बढेर २६६५.१० विन्दुमा बन्द भएको हो ।

२२६ कम्पनीको ८३ हजार ४०४ पटकको कारोबारमा १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर खरिदबिक्री भएर ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ । यसा दिन सर्वाधिक शेयर मूल्य वृद्धि भएका कम्पनि मध्ये महिला लघुवित्त वित्तिय संस्थाको ९.९८ प्रतिशत, विशाल बजार कम्पनी लि.९.९८ प्रतिशत र सिंगटी हाइड्रोको ९.९२ प्रतिशत रहेको छ । त्यस्तै सानिमा जेनरल इन्सोरेन्स ८.७० प्रतिशत, सिनर्जी पावर डेभलोपमेन्ट ७.१४ प्रतिशत, युनिभर्सल पावर कम्पनी ७.१० प्रतिशत, जानकी फाइनेन्स ६.५९ प्रतिशत, अशा लघुवित्त वित्तिय संस्था ६.०५ प्रतिशत, शिखर इन्सोरेन्स ६.०१ प्रतिशत र छयांगढी हाइड्रो ५.४८ प्रतिशतले बृद्धि भएको छ ।

शेयरमूल्य घटेका कम्पनीहरुको गिरावट दर २ प्रतिशतभन्दा कम रहेको छ । सब भन्दा बढी घटेको मेध्ये एभरेष्ट बैंक लि.१.९९ प्रतिशत र सनराइज फस्ट मिच्वल फण्ड १.४२ प्रतिशत रहेको छ । यस दिन सर्वाधिक कारोबार भएको कम्पनी मध्ये नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ४२ करोड ०२ लाख ४३ हजार ९०३ र नेपाल पुनर्बीमा कम्पनीको ४० करोड ३२ लाख २८ हजार ०५० रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!