हिपमत डटकम

शनिबार, बैशाख १८, २०७८ || 615  पटक पढिएको

अस्ट्रेलियाले भारतसँगको यात्रालाई हालका लागि गैरकानुनी बनाएको छ । अस्ट्रेलियाली सरकारले भारतबाट फर्किने आफ्ना नागरिकलाई ५ वर्षसम्म जेलसजाय गर्न सक्ने बताएको हो ।

पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । भारतमा रहेका र कोारेना सङ्क्रमित भई क्वारेन्टाइनमा बसिरहेका अस्ट्रेलियाली नागरिकहरूको सङ्ख्याका आधारमा सरकारले उक्त कडा निर्णय लिएको हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यसै साताको शुरूतिर भारतबाट अस्ट्रेलियामा हुने सबै खालका उडानहरूमाथि प्रतिबन्ध लगाइसकिको छ । अब भारतबाट यसबेला अस्ट्रेलिया फर्कनेहरुले जेल बस्नुपर्ने हुन सक्छ ।

हाल भारतमा हाल करिब ९ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई कोरोनाको जोखिम समूहमा राखिएको जनाइएको छ ।

तर अस्ट्रेलियाली चिकित्सकहरुले सरकारको उक्त निर्णयको आलोचना गरेका छन् । भारतबाट फर्किरहेका अस्ट्रेलियाली नागरिकको सङ्ख्यासँग सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले त्यहाँको टेलिभिजनमार्फत बताएको बिबिसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!