रबिन्द्र बराल

शुक्रबार, चैत्र २७, २०७७ || 917  पटक पढिएको

रंगेली नगरपालिकाले १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल सम्पन्न गरेको छ । ” स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ खेल सम्पन्न भएको हो । नगर स्तरीय खेल चैत्र २५ गतेदेखि २७ गतेसम्म भएको थियोे । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजि बिद्यालयलाई समावेश गरि जम्मा १७ विद्यालयका कक्षा ९ देखि १२ सम्मका छात्र, छात्राहरुको सहभागीता रहेको थियोे । खेलम माउन्ट मकालु बोडिङ ईङ्लिस स्कुलले ८ संवरण, ३ रजत र २ कास्य गरि जम्मा १३ पद हात पार्दे ३२ अंक ल्याएर प्रथम हुन सफल भएको छ । दाेस्राेमा पव्लिक उच्च माध्यमिक बिधालयले ३ संवरण,४ रजत र ८ कास्य गरि १५ पद हात पारेकाे थियो । भने तृतीयमा महालक्ष्मी माध्यमिक बिधालय दर्वेशा ले ३ स्वर्ण, ३ रजत र ५ कास्य गरि ११ पद हासिल गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि नगरपालिका उपमेयर केशव कुमारी खराल बिष्ट अतिथि प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदी अतिथिहरु शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडा अध्यक्ष रामचन्द्र मंडल, घन्श्याम पनेरु, महेश कुमार साह, स्थानीय बुद्धिजीवी सुरेश मिश्र, लगायत पुरस्कार बितरण गरेका थिए । खेलमा प्रथम हुने लाई ११ हजार द्वितीय ७ हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार रुपैयाँ सहित सिल्ड र प्रमाणपत्र बितरण समेत गरेका थिए । प्रतियोगितामा दौड, कवडि, भलिबल, सटफुट, हाईजम्प लगायतका खेलहरु भएको थियो ।

कार्यपालिका सदस्य शंकर प्रसाद साह काे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । सम्पुर्ण खेल जनता क्याम्पसको खेल मैदानमा भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!