हिपमत डटकम

शुक्रबार, चैत्र २७, २०७७ || 752  पटक पढिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु हुँदैछ । पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा खेलिनेछ ।

दुई टोली सिजनको पहिलो खेलमा दुई टोली भिडेको यो पहिलो अवसर हो । मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गर्ने छन् ।

बैंग्लुरुले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको छ । तर, तीनै पटक उसले हार ब्यहोरेको छ । बैंग्लुरु सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहेको छ । गत सिजन टोली एलिमिनेटरमा पराजित भएको थियो । यो सिजन टोलीसँग पहिलोपटक उपाधि जित्ने अवसर छ ।

गत सजन कोहलीले १५ खेलमा ४६६ रन बनाएका थिए भने युवा खेलाडी देवदत्त पडिक्कलले सर्वाधिक ४७३ रन बनाएका थिए ।

उता, मुम्बईले आफ्ना सुरुवाती १३ मध्ये ४ खेलमात्र जितेको छ । सन् २०१३ पछि टोलीले आफ्नो पहिलो खेल जित्न सकेको छैन । यद्यपि, पहिलो खेल हारेपछि टोलीले उपाधि भने जित्न थालेको छ । सन् २०१३ मा टोलीले पहिलो उपाधि जितेको छ । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले सबैभन्दा बढी ५ पटक उपाधि जितेको छ ।

मुम्बईले पछिल्ला दुई सिजन लगातार उपाधि जितेको छ । गत सिजन मुम्बईले दिल्ली क्यापिटल्सलाई हराएको थियो । यो सिजन मुम्बई उपाधिको ह्याट्रिक गर्ने सोचमा हुनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!