हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 631  पटक पढिएको

हात्तीपाइले रोगविरूद्ध सरकारले ११ जिल्लाका स्थानीय बासिन्दालाई औषधि खुवाउने भएको छ।

मानिसलाई अशक्त र अपांग बनाउने एक सरूवा रोगमध्ये हात्तीपाइले पनि पर्छ।

चैत २० गतेदेखि हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

यस वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा हात्तीपाइलेविरूद्ध औषधि खुवाउन लागिएको हो।

घर नजिकैको बुथमा गएर स्वास्थ्यकर्मीहरूबाट हात्तीपाइलेको औषधि लिनुपर्छ। दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले हात्तीपाइलेविरूद्ध औषधि खान नहुने महाशाखाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!