हिपमत डटकम

शनिबार, चैत्र १४, २०७७ || 918  पटक पढिएको

आयुर्वेदमा केसर हालेको दूध पुरुषहरूका लागि लाभदायक मानिएको छ । यसले गर्ने फाइदाका बारेमा थाहा पाएरै पुरानो जमानाका राजाहरू दिनदिनै केसर हालेको दूध पिउँथे ।

यसले सन्तानोत्पत्तिको क्षमता बढाउनुका साथै पुरुषहरूको स्वास्थ्यलाई अन्य पनि धेरै फाइदा पु–याउँथ्यो । केसरमा भएका १५० वटा पोषणतत्त्वले पुरुषहरूलाई फाइदा गर्छ ।

भारतको जम्मु इन्स्टिच्युट अफ आयुर्वेदका डा सन्दीप भगतले पुरुषहरूलाई केसरयुक्त दूध खाँदा हुने फाइदाका बारेमा बताएका छन् ।

यसमा भएको क्याल्सियम र प्रोटीनले मांसपेशी र हड्डी बलियो बनाउँछ ।

 

यसले शरीरका विषाक्त पदार्थ हटाउँछ । छाला र कपाल स्वस्थ राख्छ ।

यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । रुघाखोकी लाग्न दिँदैन ।

दूध र केसरमा भएको एन्टीअक्सिडेन्टले पुरुषको स्टामिना बढाउँछन् । कमजोरी भाग्छ ।

यसमा भएको अमिनो एसिडले यौनशक्तिमा अभिवृद्धि गर्छ ।

यसको क्यारोटनाइड्सले वीर्यशक्तिमा वृद्धि गरेर सन्तान जन्माउन सक्षम बनाउँछ ।

यो पिउँदा टेस्टोस्टेरोन र एस्ट्रोजेनको स्तर सन्तुलनमा रहन्छ ।

केसरयुक्त दूधले एन्डोर्फिन हर्मोनको स्तर सन्तुलित राख्छ र रोमान्टिक मूड कायम राख्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!