हिपमत डटकम

बुधबार, चैत्र ११, २०७७ || 691  पटक पढिएको

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको छ ।

नेपालका पश्चिमी क्षेत्रबाट रोजगारीका लागि आउजाउ भइराख्ने शहर नयाँदिल्लीमा कोरोना बढ्दै गएपछि खतराको संकेत देखिएको छ ।

पछिल्लो विवरण अनुसार नयाँदिल्लीमा एकैदिन १ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । केही हप्तायता दिल्लीमा संक्रमितको संख्या घटेको थियो ।

भारतमा देशभर एकैदिन ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना बढ्दै गएपछि विवाह, पर्व, नवरात्र लगायतमा भीडभाड गर्न निषेध गरिएको छ ।

यसैबीच पञ्जाबमा कोरोनाको नयाँ खाले प्रजाति फेला परेपछि खैलाबैला मच्चिएको छ । नयाँ प्रजातिको कोरोना पहिलेभन्दा खतरनाक मानिने गरेको छ । परीक्षणका लागि पठाइएका ४०१ नमूनामध्ये ८१% नमूनामा नयाँ खालको कोरोना भेटिएको जनाइएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा थप २८ हजार ६९९ व्यक्तिमा कोरोना पुष्टि भएको छ भने १३२ जनाको मृत्यु भएको छ ।

भारतका विभिन्न क्षेत्रमा कोरोना बढ्दै गएपछि नेपालमा समेत खतराको घण्टी बजेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!