हिपमत डटकम

मंगलबार, चैत्र १०, २०७७ || 884  पटक पढिएको

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् ।

पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि संक्रमण फैलन खतरा बढेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । हालसम्म कोभिड–१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!