हिपमत डटकम

मंगलबार, चैत्र १०, २०७७ || 903  पटक पढिएको

कोरोनाविरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । फागुन २३ गते खोप लगाएका वृद्धलाई कोरोनाभाइरस संक्रमण भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले बताए ।

उनलाई खोप लगाउनुअघि नै कोरोना संक्रमण भएको हुन सक्ने निर्देशक भण्डारीले बताए । संक्रमित वृद्ध पुरुषमा निमोनियासमेत देखिएकाे छ । ‘खोप लगाएपछि इम्युनिटी विकास हुन एक महिना लाग्छ,’ उनले भने, ‘खोप लगाएर जनस्वास्थ्यमा मापदण्ड पालना नगर्नेहरूमा पनि संक्रमण हुन सक्छ ।’ सोमबार टेकु अस्पतालमा कोरोना परीक्षण गर्दा वृद्ध पुरुषमा कोरोना पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!