चीन र रुससँग तनाव बढ्दै गएपछि अमेरिकाले प्रशान्त महासागर र दक्षिण चीन सागरमा आक्रमणकारी तथा प्रतिरक्षात्मक दुवैथरी क्षेप्यास्त्र तैनाथ गर्ने निर्णय लिएको छ ।

अमेरिकी जलसेनाको हिन्द–प्रशान्त कमान्डका प्रमुख एडमिरल फिलिप एस डेभिडसनले चीन र रुसबाट खतरा भएको भन्दै चेतावनी दिएपछि अमेरिकी संसद्ले यसलाई स्वीकृति दिन लागेको हो ।

रक्षा मन्त्रालय पेन्टागनले इन्डो–प्यासिफिक डिटरेन्स याक्ट अन्तर्गत एकीकृत वाय् तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापनाका लागि लगभग ९ करोड ८० लाख डलर बजेटलाई स्वीकृति दिन अनुरोध गरेको छ । यस डिफेन्स सिस्टममार्फत अमेरिकाले चीन र रुसको गतिविधिमा नजर राख्न सक्छ ।

अमेरिकालाई प्रशान्त महासागरमा रहेको गुआमस्थित जलुेना अड्डाको चिन्ताले सताउने गर्छ । पोहोर साल मात्र चीनले गुआममाथि आक्रमण गरेको एक नक्कली भिडियो सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!