हिपमत डटकम

शनिबार, चैत्र ०७, २०७७ || 874  पटक पढिएको

अमेरिकी राष्ट्रपति जो बाइडेनको एउटा भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराए र उनि विमानको सिँढीमा तीनपटक लड्छन् । यद्यपि, उनले आफूले आफैंलाई सम्हालेका छन् ।

राष्ट्रपति जो बाइडेन शुक्रबार एटलान्टाको भ्रमणमा जाँदै थिए । त्यहाँ उनले एशियाली–अमेरिकी समुदायका नेतासँग भेट गर्ने कार्यक्रम थियो । एटलान्टा जानका लागि उनी एयरफोर्स वनको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र उनी लर्खराए । त्यसपछि उनी सिँढीको रेलिङ समातेर उक्लन्छन् ।

सिँढी माथि पुगेपछि बाइडेन स्यालुट गर्दै विमानभित्र पस्छन् । यो भिडियो सार्वजनिक भएपछि धेरैले बाइडेन बिरामी भएको हो कि भन्ने आशंका गरेका छन् । यद्यपि, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरिन जीन–पियरेले राष्ट्रपति शत प्रतिशत स्वस्थ भएको जानकारी दिएकी छिन् । सिँढीमा गलत कदम परेका कारण त्यस्तो भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!