हिपमत डटकम

सोमबार, चैत्र ०२, २०७७ || 609  पटक पढिएको

मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेहरी र हिम आँधीमा परी गत एक हप्ताभित्र कम्तीमा छ व्यक्तिको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले सोमबार जानकारी दिएको छ । उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये जना ४६७ जीवित भेटिएका नेमाले जनाएको छ । दुर्भाग्यवश, दक्षिणी प्रान्त दुंडगोभीमा पाँच व्यक्तिको मृत्यु भएको र आँधीबेहरीका कारण मध्यपश्चिमी प्रान्त अर्खनाईमा एक पाँच वर्षको बालकको मृत्यु भएको बताइएको छ ।

हराइरहेको व्यक्तिको खोजी भइरहेको पनि नेमाले जनाइएको छ । आँधीबेहरीमा कैयौ प्रान्तहरु र विशेषगरी डण्डगोभी प्रान्तमा विद्युतीय लाइनहरु काटिएको जनाइएको छ । मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिमआँधी प्रायः आउने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!