काठमाडौं । इरानले अमेरिकाले लगाएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका गल्ती कहिले पनि दोहारिँदैन भन्ने प्रत्याभूति जनाउनुपर्ने बताएको छ । सोमबार इरानको विदेश मन्त्रालयका प्रवक्ता साइद खातिब्जादेहले सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताएका हुन् ।

विदेशमन्त्रालयका प्रवक्ताले अमेरिकाले प्रतिबन्ध हटाएर अब गल्ती नगर्ने प्रत्याभूति नदिएसम्म सन् २०१५ मा भएको न्युक्लियर सम्झौताको विषयमा थप छलफल अघि नबढ्ने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपेली मुलुकहरुलाई इरानसँगको उक्त आणविक सम्झौतालाई ब्युँताउने प्रस्ताव गरेका छन् । सन् २०१८ मा ट्रम्पले यो सम्झौताबाट बाहिरिने निर्णय गर्दै इरानमाथि प्रतिबन्धको निर्णय गरेका थिए ।

त्यसयता दुवै पक्षले यो सम्झौता उल्लंघन गर्दै आएका छन् । इरानले यो सम्झौतामा फर्किन सबैभन्दा पहिला अमेरिकाले इरानमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताउँदै आएको छ ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!