हिपमत डटकम

सोमबार, चैत्र ०२, २०७७ || 672  पटक पढिएको

अष्ट्रेलियामा स्काइडाइभिङ प्रतियोगिताका बेला प्यारासुट राम्रोसँग नखोलिएका कारण एक युवकको मृत्यु भएको छ । यद्यपि, युवक निकै अनुभवी स्काइडाइवर थिए । आइतबार भर्चुअल नेशनल्स स्काइडाइविङ प्रतियोगिताका बेला यो दुर्घटना भएको हो ।

डेली मेलको रिपोर्ट अनुसार अष्ट्रेलियाको जुरियन बेमा एक युवकले स्काइडाइविङ प्रतियोगितामा भाग लिइरहेका थिए । सोलो विंगसूट परफर्मको क्रममा जब उनी हावामा हाम फाले तब उसको प्यारासुट खुल्न सकेन ।

घटना लगत्तै उनलाई इमर्जेन्सी टिमले अस्पताल पुर्यायो । तर डाक्टरले उनलाई मृत घोषित गरिदिए । मृत्यु हुने युवकको नाम गोप्य राखिएको छ ।

कम्पनीका प्रवक्ताले मृतकको परिवार र साथीहरुका लागि समवेदना व्यक्त गरेको छ ।

यस्तै अष्ट्रेलियाको सिभिल एभिएशन सेफ्टी अथोरिटी र अष्ट्रेलियन प्यारासुटले के कति कारणले प्यारासुटमा खराबी आएको थियो भनेर घटनाको अनुसन्धान गर्नेछ । प्रहरीले पनि घटनाको विषयमा रिपोर्ट तयार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!