हिपमत डटकम

सोमबार, चैत्र ०२, २०७७ || 576  पटक पढिएको

काठमाडौं । अफगानिस्तानमा लामो समयदेखि युद्धरत चरमपन्थी संगठन तालिबानले अमेरिकाले प्रस्ताव गरेको अन्तरिम सरकारको योजनामा आशंका व्यक्त गरेको छ । तालिबानका प्रवक्ता मुहम्मद नाइमले अन्तरिम सरकार बनाउँदा उक्त सरकार प्रभावहीन हुने र आफूहरुको एजेन्डाले सार्थकता नपाउने सम्भावना रहेको बताएका छन् ।

मार्चको सुरुमा अमेरिकाले अफगानिस्तानमा युद्धविरामका लागि अहिलेको सरकारलाई हटाउँदै अन्तरिम सरकार गठन गर्ने प्रस्ताव गरेको थियो । अमेरिकाले अफगानिस्तानमा नयाँ संविधान बन्नुभन्दा पहिला अन्तरिम सरकारले काम गर्ने प्रस्ताव गरेको थियो । तर, तालिबानले भने अन्तरिम संविधानले अफगानिस्तानको चुनौती समाधान गर्न नसक्ने बताएको हो ।

तालिबानका प्रवक्ता नाइमले अफगानिस्तानले पछिल्लो ४० वर्षको इतिहास हेर्दा कुनै पनि संक्रमणकालीन अवस्थामा रहेको सरकारले मुलुकको समस्या समाधान गर्न नसकेको बताएका छन् । उनले गत वर्ष अमेरिकासँग भएको सम्झौताअनुसार अफगानिस्तानबाट विदेशी सैनिकहरु फिर्ता हुनुपर्नेमा जोड दिए ।

आगामी मे १ बाट सबै विदेशी सैनिक फिर्ता हुने गरी गत वर्ष अमेरिकासँग तालिबानको सम्झौता भएको थियो । विदेशी सैनिक फिर्ता हुने मिति नजिकिँदै गर्दा अफगानिस्तानमा हिंसात्मक आक्रमण पनि उल्लेख्यरुपमा बढेको छ । अफगानिस्तानका गृहमन्त्रीले आइतबार अमेरिकी सेना फिर्ता गए पनि अफगानिस्तानको सेनाले आफ्नो नियन्त्रण कायम राख्न सक्ने बताएका थिए । उनले पछिल्लो समय तालिबानबाट हुने आक्रमण बढेको भए पनि अफगानी सेनाले त्यसको सामना गरिरहेको बताएका थिए ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!