हिपमत डटकम

आइतबार, चैत्र ०१, २०७७ || 595  पटक पढिएको

म्यानमारमा महिलाले सैन्य शासनविरुद्ध आफ्नो कपडासँग सम्बन्धित एक स्थानीय अन्धविश्वासको उपयोग गरिरेका छन् जसलाई म्यानमारको ‘सारोङ्ग क्रान्ति’ पनि भनिँदैछ ।

यदि कोही पुरुष महिलाको ‘सारोङ्ग’ को मुनिबाट हिँड्छ भने उनीहरुले आफ्नो पुरुषार्थ गुमाउँछ भन्ने मान्यता म्यानमारमा व्यापक रुपमा छ ।

म्यानमारमा पुरुषार्थलाई हपोन भनिन्छ । यस्तै सारोङ्ग दक्षिण पूर्व एशियामा महिलाद्वारा कम्मरमा बाँधिने एउटा वस्त्र हो ।

प्रहरी र सेनाका जवानलाई आवसीय इलाकामा प्रवेश गर्न र गिरफ्तारीबाट रोक्नका लागि म्यानमारका थुप्रै शहरमा महिलाले आफ्नो सारोङ्गलाई सडकमा झुण्डाइदिएका छन् र केही स्थानमा यसको असर पनि देखिन थालेको छ ।

सोसल मिडियामा बर्माका केही भिडियो भाइरल भएका छन् जसमा प्रहरीले गल्लीमा प्रवेश गर्नुअघि यी कपडा निकालिरहेको देखिएका छन् ।

प्रदर्शनकारी म्यानमारमा सैन्य शासनको अन्त्य र देशले चुनेको सरकारका नेतालाई रिहाईका लागि आह्वान गरिरहेका छन् जसमा आङ सान सूकी पनि समावेश छिन् । उनलाई फेब्रुअरी १ मा सेनाले सत्ताबाट हटाइदिएको थियो ।

व्यापक मान्यताः

म्यानमारका महिलाका अनुसार उनीहरुलाई आफ्नो ‘सारोङ्ग क्रान्ति’ लाई स्थापित गर्नका लागि व्यापक रुपमा लोकप्रिय मान्यतामा विश्वास छ ।

हुतुन लिन नामका एक विद्यार्थीले भने, ‘म यो अन्धविश्वासका साथ हुर्किएको हुँ । एक महिलाको साराङ्ग कपडा एउटा अशुद्ध कपडा हो र यदि यो ममाथि राखियो भने यसले मेरो शक्ति कम गरिदिन्छ भनिन्थ्यो ।’

हाल बेलायतमा बस्ने बर्माकी लेखिका मिमि आयले भनेकी छिन्, ‘प्रदर्शनकारी महिला आफ्नो लाभका लागि यो लैङ्गिकवादी मान्यताको उपयोग गरिरहेका छन् ।’

उनले भनिन्, ‘महिलालाई अशुद्ध ठानेर उनले प्रयोग गर्ने सारोङ्गका कारण पुरुषले आफ्नो शक्ति गुमाउँछन् भन्ने अन्धविश्वासको मूल रुप यो थिएन । खासमा यो थियो कि महिलालाई यौन प्राणी वा एक प्रलोभनको रुपमा हेरिन्छ जसले कुनै कमजोर पुरुषलाई बर्बाद गर्न सक्छ ।’

उनका अनुसार पारम्परिक रुपमा सारोङ्गको उपयोग ‘सौभाग्यको प्रतिक’ को रुपमा पनि गरिन्छ ।

उनले भनिन्, ‘कुनै समयमा युद्धमा जाँदै गरेका पुरुषले आफ्नी आमाको साराङ्गको एउटा सानो टुक्रा आफूसँगै लिएर जाने गर्दथे । यस्तै सन् १९८८ को विद्रोहका बेला प्रदर्शनकारीले आफ्ना आमाको सारोङ्गलाई टाउकोमा बाँध्ने वस्त्रको रुपमा प्रयोग गरेका थिए ।’

अब म्यानमारका महिला प्रदर्शनकारी सार्वजनिक स्थानमा सारोङ्गको शक्तिको उपायोग गरिरहेका छन् ।

८ मार्च अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा महिला प्रदर्शनकारीले आफ्नो सारोङ्गलाई ठाउँठाउँमा झुण्ड्याएका थिए जसलाई एक क्रान्तिको हिस्सा बताइयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!