हिपमत डटकम

मंगलबार, फाल्गुण २५, २०७७ || 679  पटक पढिएको

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान लडाकू मारिनुको साथै अन्य १३ जना घाइते भएका छन् । तालिबान लडाकू लुकेर बुसेको इलाकालाई लक्ष्यगरी गरिएको यस सैनिक कारबाहीलाई सघाउन अफगान हवाईबलले पनि मद्दत गरेकोे सेनाले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिका अनुसार कान्दाहारको आर्घान्दाब र झारी जिल्लालाई लक्ष्यगरी सो कारबाही भएको थियो ।

कारबाहीको क्रममा सेनाले विद्रोही तालिबानले योजना गरेको बारुदी सुरुङ र विस्फोट पदार्थ गरी २२ ओटा निष्क्रिय बनाउनुको साथै अन्य हातहतियार समेत बरामद गरेको जनाएको छ । सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ ।

तर विद्रोहीले सरकारका खासखास स्थान र व्यक्तिमाथि साङ्घातिक आक्रमण गरिरहेका छन् ।तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन् ।-सिन्ह्वा/Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!