हिपमत डटकम

आइतबार, फाल्गुण २३, २०७७ || 1396  पटक पढिएको

सर्वोच्च अदालतको आजको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको छ । योसँगै कानुनी रुपमा विभाजित नभएको नेकपा खारेज भएको छ । यसअघि संसदमा नेकपाको सभामुखसहित १७४ सिट थियो ।

एमाले र माओवादी ब्युँतिएपछि अब ती दलको सांसद पनि पुरानै अवस्थामा रहने देखिएको छ । एमालेको १२१ प्रतिनिधि सभा सदस्य छन् । माओवादी केन्द्रको ५३ सिट छ । दुवै पार्टी एकीकरण भएर १७४ सिट भएको थियो । ब्युँतिएपछि अवस्था पुरानै भएको छ ।

नेकपा विभाजित भई ओली र दाहाल नेपाल पक्षमा विभाजित भएकोमा अब अवस्था जटिल बनेको छ । माधव नेपाल एमालेमा अल्पमतमा परेका छन् । अब उनी ओलीलाई अध्यक्ष मानेर रहनुपर्छ या त पार्टी फुटाएर प्रचण्डसँग जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!