प्रतिनिधि सभा विघटन पश्चात दुई अलग–अलग पार्टीको रुपमा राजनीतिक गतिविधि संचालन गर्दै आएका नेकपा ओली र दहाल–नेपाल समूह एउटै लहरमा बस्ने भएका छन् ।
दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।
बहुप्रतिक्षित संसद बैठक बस्नु अघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन मार्फत ‘दलको दुईवटा समूहको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ ।’ बताएका छन् ।
सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनको निर्णय असंवैधानिक ठहर गर्दै संसद पुनःस्थापना हुने फैसला गरेको थियो । सोही पुनःस्थापित संसदको बैठक आइतबार अपराह्न चार बजे बस्दै छ ।