हिपमत डटकम

शुक्रबार, फाल्गुण २१, २०७७ || 1169  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनेको छ। शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो। उक्त समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको थियो।

संसदीय दलमा प्रचण्ड–माधव पक्षको बहुमत पुगेको प्रचण्ड–माधव पक्षले जनाएको छ । शुक्रबार भएको दलको बैठकमा ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको सांसद कृष्णभक्त्त पोखरेलले जानकारी दिए ।

बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताए। भने, ‘ओलीसँग गणपूरक संख्या पनि पुग्दैन । यसले वैधानिकता पाओस् भनेर हामीले कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका छौं।’ यसअघि पुस ८ मा पनि प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो।

अध्यक्ष प्रचण्डलाई ९ पुस २०७७ मा दलको नेता चयन गरिएपनि सो समयमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले आजको बैठकले प्रचण्डलाइै फेरि दलको नेता चुनेको सांसद यज्ञराज सुनुवारले बताए ।

‘प्रचण्ड’ले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरेका छन् । शुक्रबार संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!