हिपमत डटकम

शुक्रबार, फाल्गुण २१, २०७७ || 513  पटक पढिएको

प्रधानमन्त्री केपी ओलीले नेपालमा अब कुनै पनि हिंसात्मक द्वन्द्व नरहेको बताएका छन्। विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमतिपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुक्रबार यस्तो बताएका हुन्।

उनले भने, ‘अब नेपालमा हिंसात्मक बाटो छैन। हिंसात्मक कार्यदिशा कसैले पनि लिएर हिँडेको छैन।’

उनले शान्तिको बाटोमा आउँदा विप्लवले साहसिक काम गरेको बताए। उनले भने, ‘यो फोर्सल्याण्डिङ, क्रास ल्याण्डिङ पनि हैन, यो सेफल्याण्डिङ हो।’

कतिपयले रातारात वार्ता भएको भन्दै प्रचार गरेकोमा उनले आलोचना गरे। वार्ता नगरा बजाएर नगरेको भन्दै उनले वार्ता रातारात नभएर वर्षौंदेखि भएको ओलीले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!