हिपमत डटकम

शुक्रबार, फाल्गुण २१, २०७७ || 547  पटक पढिएको

नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिँड्न चाहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा सरकार र विप्लव नेकपाबीच सहमति हस्ताक्षर समारोहमा उनले भने, ‘हामी स्वतन्त्रमुक्त आकाशमा शान्तिपूर्वक हिँड्न चाहन्छौँ । अब हाम्रा सहकर्मी योद्धाहरुलाई सरकारले मुक्त गर्ने विश्वास गरेका छौँ ।’ आजको सहमति सरकार नेकपाबीच भएको सहमति नभइ युवाको चाहना अनुसार भएको उनले बताए ।

विप्लवले भने, ‘आजको सहमति सरकार र एउटा दलबीच भएको सहमति मात्रै होइन। युवाहरुको चाहना अनुसार देशको समृद्धिका लागि गरिएको सहमति हो ।’ सरकार र नेकपा चन्द समूहबीच दुवै पक्ष राजनीतिक समस्या वार्ताबाट समाधान गर्ने, विप्लव समूहले सबै राजनीतिक गतिविधि शान्तिपूर्ण माध्यमबाट गर्ने भएको छ ।

यस्तै विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाउने, बन्दी रिहा गर्ने र मुद्दा फिर्ता गर्ने पनि सहमति भएको छ । उनले सहमतिमा आफू प्रतिबद्ध भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!